मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग  

     
       
झापा, ३ भदौः प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँदा स्थानीय जग्गाधनीहरू समस्यामा परेका छन् । उनीहरूले प्रचलित बजार मूल्यअनुसार अविलम्ब मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका छन् ।    
    
 सरकारले झापाको काँकरभिट्टादेखि सुनसरीको इनरुवासम्मको १२६.७५ किलोमिटर दुरीमा विद्युतीय रेलमार्ग निर्माण गर्न राष्ट्रिय गौरवको आयोजनाका रूपमा जग्गा अधिग्रहण गरेको थियो । यसका लागि सरकारले छ वर्षअघि २०७७ जेठ २४ र २७ गते सूचना जारी गरी मालपोत कार्यालयमार्फत हक हस्तान्तरण रोक्का गरेको थियो ।    
    
 पूर्व–पश्चिम रेलमार्ग मुआब्जा समन्वय समितिका केन्द्रीय सचिव ज्ञानेन्द्र निरौलाका अनुसार झापा, मोरङ र सुनसरीका चार हजारभन्दा बढी घरधुरीको पाँच हजार ४२४ कित्ता जग्गा रोक्का राखिएको छ । “जग्गा रोक्का गरिएको छ वर्ष बितिसक्दा पनि सरकारले न मुआब्जा दिन्छ, न त फुकुवा नै गर्छ”, उहाँले भन्नुभयो, “सरकारको यस्तो नीतिका कारण हामी सर्वसाधारण ठूलो मर्कामा परेका छौँ ।”    
    
 रेलमार्गका लागि झापाको दुई हजार ४५७, मोरङको एक हजार ६६८ र सुनसरीको एक हजार ३२९ कित्ता जग्गा अधिग्रहण गरिएको छ । अधिग्रहण क्षेत्रमा मेचीनगर र बिर्तामोडका दुई वटा सिङ्गो बस्ती नै परेका छन् ।    
    
 रेलमार्ग क्षेत्रमा ५१२.६९ हेक्टर खेतीयोग्य जमिन, ५३.६१ हेक्टर नदी तथा जलक्षेत्र, ३३ हेक्टर आवासीय क्षेत्र, १९.६ हेक्टर वनजङ्गल र १६.८६ हेक्टर सडक सञ्जाल पर्दछ ।     
    
 अधिग्रहण गरिएको क्षेत्रमा रेल विभागले सीमाङ्कनसमेत गरिसकेको छ । जग्गा किनबेच, अंशबण्डा, बैङ्क धितो र हक हस्तान्तरणमा पूर्ण प्रतिबन्ध लगाइँदा जग्गाधनीहरूले आफ्नो निजी सम्पत्तिको उपयोग गर्न पाएका छैनन् ।    
    
 समन्वय समितिका सचिव निरौलाले पटकपटक सरकार र मन्त्रीहरू फेरिए पनि समस्या जस्ताको तस्तै रहेको बताउनुभयो । उहाँका अनुसार प्रभावितहरूले चलनचल्तीको मूल्यअनुसार उचित मुआब्जा दिनुपर्ने वा छ वर्षसम्म रोक्का राखिए बापत क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्नुपर्ने माग राख्दै आएका छन् ।    

 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल टेलिकमद्वारा बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा  

         काठमाडौँ, १० भदौ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि टेलिफोन,

SITENAME

सामुदायिक रेडियोको भूमिका विश्वस्तरमै अध्ययन र अनुकरणको विषय बनेको छः राष्ट्रपति   

काठमाडौँ, १० भदौः राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, राष्ट्रिय एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले

SITENAME

   नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै   

           नेपालगञ्ज, ४ भदौः लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ

↑