सामुदायिक रेडियोको भूमिका विश्वस्तरमै अध्ययन र अनुकरणको विषय बनेको छः राष्ट्रपति   

SITENAME


काठमाडौँ, १० भदौः राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, राष्ट्रिय एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले निर्वाह गरेको भूमिका नेपालमा मात्र नभई विश्वस्तरमै अध्ययनको विषय बनेको बताउनुभएको छ ।    
    
राष्ट्रपति पौडेलले एसिया प्रशान्त प्रसारण विकास संस्था एवं सामुदायिक रेडियो प्रसारक सङ्घका पदाधिकारीसँग बुधबार शीतल निवासमा भएको भेटमा उहाँले सामुदायिक रेडियो विभिन्न समुदायको भाषा र संस्कृति संरक्षणका साथै नागरिकलाई शिक्षा, सूचना र मनोरञ्जन गराउने सशक्त माध्यम बनेको वास्तविकता सुनाउनुभयो ।    
    
 स्थापनाकालदेखि नै नेपालका सामुदायिक रेडियोले राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका बताउँदै राष्ट्रपतिले भन्नुभयो,“नेपालको बहुभाषिक, बहुसांस्कृतिक र विविधतापूर्ण समाजको प्रतिनिधित्व गर्नुका साथै लोपोन्मुख भाषा तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।”    
वर्तमान युगमा समाचार मोबाइल फोनमा छ, पडकास्टमा छ, सामाजिक सञ्जालमा छ, डिजिटल प्लेटफर्ममा छ र कृत्रिम बौद्धिकताले तयार पार्ने तथा वितरण गर्ने नयाँ माध्यमहरूमासमेत पुगिरहेको राष्ट्रपतिको कथन थियो ।    

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल टेलिकमद्वारा बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा  

         काठमाडौँ, १० भदौ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि टेलिफोन,

SITENAME

   नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै   

           नेपालगञ्ज, ४ भदौः लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग  

              झापा, ३ भदौः प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँदा स्थानीय

↑