नेपाल टेलिकमद्वारा बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा  

SITENAME

      
 
काठमाडौँ, १० भदौ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ ।    
    
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढीबाट प्रभावित क्षेत्रका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।    
    
नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दाका लागि दुई दिनका लागि अनलिमिटेड भ्याइस सेवा, प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस निःशुल्क गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो ।    
    
टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउनका लागि एसएमएसमार्फत् जानकारी निरन्तर जानकारी दिइरहेको छ । टेलिकमका अनुसार बाढीका कारण रसुवामा २ र नुवाकोटमा ५ वटा गरी ७ टावरमा क्षति भएको प्रारम्भिक विवरण रहेको छ । मर्मत सम्भारका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ । साथै प्रभावितहरुको उद्धार, राहत र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धनसहित ट्यांकर काठमाडौँबाट परिचालन समेत गरिएको छ ।    

 

प्रतिकृया दिनुहोस
SITENAME

सामुदायिक रेडियोको भूमिका विश्वस्तरमै अध्ययन र अनुकरणको विषय बनेको छः राष्ट्रपति   

काठमाडौँ, १० भदौः राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, राष्ट्रिय एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले

SITENAME

   नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै   

           नेपालगञ्ज, ४ भदौः लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग  

              झापा, ३ भदौः प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँदा स्थानीय

↑