–आपफ्न्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा विभिन्न कार्यत्रफ्मसहित सम्पन्न ।।

आपफ्न्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा विभिन्न कार्यत्रफ्मसहित सम्पन्न भएको छ । चारवटै सेवा केन्द्रमा इकाइगत साधारण सभा सम्पन्न पश्चात आइतवार,संस्थाको मूल समारोह आयोजना गरी १५औँ वार्षिक साधारण सभा समेत सम्पन्न गरिएको हो । संस्थाका अध्यक्ष चन्द्रकान्त पराजुलीको अध्यक्षतामा सम्पन्न मूल समारोहमा संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार गणेश सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यत्रफ्ममा संस्थाका निवर्तमान सचिव मनकला पाण्डे,लेखा समिति संयोजक कृष्णबहादुर थापा,कोषाध्यक्ष पार्वती न्यौपाने तथा विभिन्न उपसमितिका सदस्यहरूले संस्थाको गतिविधि,प्रगति,आर्थिक अवस्था तथा आगामी कार्ययोजनाका विषयमा आ–आपफ््ना भनाइ राखेका थिए । कार्यत्रफ्ममा वत्तफहरूले संस्थाको विकास,सदस्यहरूको हित तथा सहकारीको दिगो विकासका लागि सदस्यहरूबीचको एकता,सहकार्य र विश्वासलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । संस्थाका सचिव अर्जुन कुमार गुरुङको सञ्चालनमा भएको कार्यत्रफ्ममा सञ्चालक समिति,लेखा समिति,विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू, कर्मचारी र शेयर सदस्यहरूको सहभागिता थियो । यसअघि सनिबार संस्थाका चारवटा सेवा केन्द्रमापफर््त इकाइगत साधारण सभा सम्पन्न भएको थियो । संस्था अन्तर्गतका शंकरपुर,धकधई,खैरेनी र ६ नम्बर सेवा केन्द्रमा आयोजित इकाइगत साधारण सभा उत्साहजनक सहभागिता र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएका हुन् । संस्थाका कुल ६ हजार ५ सय ९५ जना सदस्य मध्ये शंकरपुर सेवा केन्द्रमा १ हजार ५ सय ७ जना, धकधई सेवा केन्द्रमा ६ सय ७२ जना, खैरेनी सेवा केन्द्रमा ७ सय ३५ जना र ६ नम्बर सेवा केन्द्रमा ८ सय ११ जना गरी चारवटै सेवा केन्द्रमा कुल ३ हजार ७ सय २५ जना सदस्यको सहभागिता रहेको थियो । संस्थाका व्यवस्थापक विजयबहादुर क्षेत्रीका अनुसार संस्थाको शेयर पुँजी २ करोड ९७ लाख २२ हजार ३ सय रुपैयाँ, कुल बचत निक्षेप ३४ करोड ३१ लाख ३४ हजार ४ सय ७१ रुपैयाँ,ऋण लगानी ३० करोड ५० लाख २४ हजार १ सय ९३ रुपैयाँ र संस्थाको कुल सम्पत्ति ४२ करोड ३२ लाख १७ हजार ५ सय ६० रुपैयाँ रहेको छ । इकाइगत साधारण सभाका अवसरमा सेवा केन्द्रअनुसार उत्कृष्ट सुभफवकर्ता,व्यवसायी,बचतकर्ता,नियमित बचतकर्ता,ऋण कारोबारकर्ता,बाल बचतकर्ता तथा दैनिक बचतकर्तालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । साथै संस्थाका ज्येष्ठ सदस्यहरूलाई नगदसहित सम्मान गरिएको संस्थाले जनाएको छ । साधारण सभामा अध्यक्ष,सचिव,कोषाध्यक्ष,लेखा समिति तथा लेखापरीक्षण प्रतिवेदनलगायत समान कार्यसूचीमा रहेका प्रस्तावमाथि छलपफ्ल गरी पारित गरिएको कार्यत्रफ्मका बत्तफहरुले सहकारी संस्था नीति तथा विधिअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । सभामा संस्थाको वर्तमान अवस्था,आर्थिक गतिविधि,बचत तथा ऋण परिचालन,सदस्यहरूको हकहित,संस्थागत सुशासन तथा सदस्य कल्याणका विषयमा छलपफ्ल तथा विचार–विमर्श गरिएको थियो । साथै संस्थाको दिगो विकास,सदस्यहरूबीच आपसी सहयोग,वित्तीय अनुशासन र संस्थाप्रतिको अपनत्व अभिवृद्धि गर्ने विषयलाई समेत प्राथमिकताका साथ उठाइएको जनाइएको छ ।

युगज्योति माध्यमिक विद्यालयले मन्टेस्वरीमा अध्ययनरत विद्यार्थीका अभिभावकसंग अन्तरत्रिफ्या
युगज्योति माध्यमिक विद्यालयले मन्टेस्वरीमा अध्ययनरत विद्यार्थीका अभिभावकसंग अन्तरत्रिफ्या भएको छ । मन्टेस्वरी तहमा अध्ययनरत १२९ विद्यार्थीका ८२

पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता
पाल्पा, ९ असोजः अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिराले घर

पहिरोले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध
बुटवल । लगातारको वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । शुक्रबार बिहान तिनाउ





प्रतिकृया दिनुहोस