पहिरोले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध

बुटवल ।
लगातारको वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
शुक्रबार बिहान तिनाउ गाउँपालिका–५ चरचरे र जोरधाराको बिचमा सडक माथिबाट पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
उनका अनुसार सडक डिभिजनसँगको समन्वयमा राजमार्ग खुलाउन आवश्यक समन्वय भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा जान हिँडेका सवारीसाधन सडकमै अलपत्र परेका छन् ।
सिद्धार्थ राजमार्ग भएर बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, स्याङजा, पोखरा, बेनी, मुस्ताङलगायतका स्थानमा जाने र बुटवलतर्फ आउने सवारीसाधन चल्ने गर्छन् ।
यस्तैगरी पाल्पाको रिब्दीकोट गाउँपालिका–५ माराबास र बोदीमा सडक माथिबाट पहिरो खस्दा बतासेबाट रैनादेवी छहरा गाउँपालिकातर्फ जाने भित्री सडकखण्ड पनि अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।
यस्तै, भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।८ देखि १२ असोजसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सडक बन्द गरिएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।

युगज्योति माध्यमिक विद्यालयले मन्टेस्वरीमा अध्ययनरत विद्यार्थीका अभिभावकसंग अन्तरत्रिफ्या
युगज्योति माध्यमिक विद्यालयले मन्टेस्वरीमा अध्ययनरत विद्यार्थीका अभिभावकसंग अन्तरत्रिफ्या भएको छ । मन्टेस्वरी तहमा अध्ययनरत १२९ विद्यार्थीका ८२

–आपफ्न्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा विभिन्न कार्यत्रफ्मसहित सम्पन्न ।।
आपफ्न्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा विभिन्न कार्यत्रफ्मसहित सम्पन्न भएको छ । चारवटै सेवा केन्द्रमा इकाइगत

पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता
पाल्पा, ९ असोजः अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिराले घर





प्रतिकृया दिनुहोस