कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रस्तरीय २१ औं बार्षिक साधारण सभा सम्पन्न

असोज १७ । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रस्तरीय २१ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साकोसले खैरेनी सेवा केन्द्रको पाठकमा, ढेकावर, शंकरपुर, रामपुर सेवा केन्द्रको देवदह–१, लक्ष्मीटोलमा, शितलनगर सेवा केन्द्रको मदन आश्रित सभाहल, घोडाहा सेवा केन्द्रको देवदह–९, तारापुञ्ज सेवा केन्द्रको देवदह–१०, जनप्रिय सभाहल, देउराली सेवा केन्द्रको करहिया सामुदायिक वनको भवन, युवा संगम सेवा केन्द्रको सियारी–१, अमुवामा सम्पन्न गरिएको संस्थाका व्यवस्थापक विनोद पराजुलीले जानकारी दिनु भयो ।
सेवा केन्द्रस्तरीय बार्षिक साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुजी ७ करोड ७५ लाख ३२ हजार ७ सय, संस्थागत पुजी १३ करोड १६ लाख ११ हजार २०५, बचत निक्षेप १ अरव ७५ करोड ३२ हजार ४०९, ऋण लगानी १२ अरव ३८ करोड ४ लाख ८३ हजार १३१, कुल सम्पत्ति २ अरव २ करोड ७५ लाख ३९ हजार १६४, कुल आम्दानी १४ करोड ३१ लख १५ हजार ९९० र खुद बचत २ करोड ४२ लाख ४७ हजार ९०२ रहेको जानकारी दिएका थिए । साधारण सभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखाको प्रतिवेदन प्रस्तुत गरी पारित गरेको व्यवस्थापक पराजुलीले जानकारी दिनु भयो । सोही अवसरमा ७ सय ३५ जना जेष्ठ शेयर सदस्यलाई नगद सहित सम्मान गरिएको छ । खैरेनी सेवा केन्द्रमा २२९, ढेकावर, शंकरपुर, रामनगर सेवा केन्द्रमा १९६, शितलनगर सेवा केन्द्रमा १४३, घोडाहा सेवा केन्द्रमा ४५, तारापुञ्ज सेवा केन्द्रमा ७०, देउराली सेवा केन्द्रमा ३७, युवा संगम सेवा केन्द्रमा १५ जना गरी ७३५ जना जेष्ठ शेयर सदस्यलाई नगद सहित सम्मान गरिएको छ । साधारण सभामा उत्कृष्ट बचतकर्ता, असल ऋणि, उत्कृष्ट वाल बचतकर्ताको नामावली घोषणा गरी संस्थाको स्थापना दिवसमा सम्मान गरिने पराजुलीले जानकारी दिनु भयो । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी नीति विधिमा सञ्चालन हुन आवश्यक रहेको बताएका थिए ।
उनीहरुले शेयर सदस्यले आप्mनो काम कर्तव्य र अधिकार पुरा गर्दा सहकारी अब्बल हुने बताएका थिए । साधारण सभामा शेयर सदस्यको सक्रिय सहभागिता हुनु पर्नेमा उनीहरुको जोड रहेको भयो । संस्थाका संचालक पिताम्वर खरेलको अध्यक्षतामा भएको खैरेनी सेवा केन्द्रमा संस्थाका अध्यक्ष ऋषिराम सापकोटा, संस्थापक अध्यक्ष तुल्सीराम शर्मा, पुर्व लेखा संयोजक, गणेश डुम्रे लगायतले बोलेका थिए । दुर्गा पाण्डेको स्वागत र मनोज खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी सञ्चालक एवं शितलनगर सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक दुर्गादत्त कडेलको अध्यक्षतामा शितलनगर सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ । सुकदेव पौडेलको स्वागत र सेवा केन्द्र ईञ्चार्ज राजु रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी संचालक पार्वती न्यौपानेको अध्यक्षतामा तारापुञ्ज सेवा केन्द्र भलुही सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा सल्लाहकार जयकिशन अधिकारी, उपाध्यक्ष रमा न्यौपाने, जसबहादुर पुन, मनिकला पोखरेल, गुमानसिंह क्षेत्री लगायतले आ–आफना भनाई राखेका थिए । कल्पना न्यौपानेको स्वागत र कृष्णप्रसाद उपाध्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी ढेकावर, शंकरपुर सेवा केन्द्र र रामपुर सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
लक्ष्मी सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष प्रकाश अर्याल, संस्थाका सचिव कृष्णराज पौडेल लगायतले बोलेका थिए । परशुराम उपाध्याय न्यौपानेको स्वागत र अनुराधा रेग्मीको संचालनमा सम्पन्न भएको थियो । यसैगरी देउराली सेवा केन्द्र तिलोत्तमा ८ प्रदीपनगरले २१ औं साधारण सभा सम्पन्न गरेको छ । करहिया सामुदायिक वनको सभाहलमा साधारण सभा सम्पन्न भएको हो । सेवा केन्द्रका उपसमिति सदस्य केशवराज अर्यालले स्वागत गर्दै संस्थाका सेवालाई थप सहज, सरल प्रविधिमैत्री बनाउन पर्ने सुझाव दिनु भयो । साधारणसभामा तिलोत्तमा ८ का वडाध्यक्ष एवं सहकारीका सदस्य कृष्णप्रसाद पौडेल, तिलोत्तमा ११ का वडाध्यक्ष एवं सहकारीका सदस्य विष्णु बराल, सल्लाहकार विष्णुप्रसाद पौडेल, सल्लाहकार इश्वरीप्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्र गरेका थिए ।

त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ, एक नेपाली पनि नियन्त्रणमा
८ असोज, काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । कतारको दोहा हुँदै काठमाडौं आएको ४२

सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौँ, ८ असोजः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार २०० र चाँदीको मूल्य रु १६५ ले

राज्य कोषको रकममा दोहोरो सुविधा अन्त्य हुनुपर्छ : कानुनमन्त्री
काठमाडौँ, ८ असोजः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीहरुलाई दोहोरो सुविधा नपाउने गरी





प्रतिकृया दिनुहोस