शिक्षक नपाएपछि धरानमा अनसनरत विद्यार्थीद्वारा कीटनाशक औषधि सेवन

SITENAME

९ असोज ।

शिक्षक माग गर्दै धरान उपमहानगरपालिकाको कार्यालयमा अनसन बसेका विद्यार्थीेले कीटनासक औषधि सेवन छन् ।

शिक्षक नहुँदा पठनपठान रोकिएको भन्दै धरान उपमहानगपालिकाको कार्यालयमा अनसन बसिरहेका विद्यार्थी रोजन शंकरले शुक्रबार साँझ फिनेल पिएका हुन् ।

शिक्षक नहुँदा पठनपाठन रोकिएको भन्दै धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय र धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी बिहीबारदेखि आन्दोलनमा थिए ।

शुक्रबार अनसनकै क्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाको कार्यकक्षबाहिर विद्यार्थी शंकरले फिनेल पिएका हुन् ।

उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार अस्पतालमा उनको उपचार जारी छ ।

‘उपमहानगरपालिकाको कार्यालयमा अनसनरत रहेकै बेला फिनेल पिएको रहेछ । अहिले उपचार जारी छ,’ उनले भने, ‘अवस्था खतरामुक्त रहेको भन्ने छ ।’

धरान–६ मा रहेको सरस्वती माविमा सामाजिक शिक्षक आठ महिनादेखि रिक्त छ । ‎धरान–११ मा रहेको ज्ञानोदय माविमा दुई वर्षदेखि नेपाली र सामाजिक विषयको शिक्षक छैनन् ।

शिक्षक नियुक्तिमा ढिलाइ भएपछि विद्यार्थी आफै आन्दोलनमा उत्रिएका थिए । विद्यार्थी आन्दोलनमा उत्रिएपछि शुक्रबार कार्यवाहक प्रमुख बेघा कार्यालय  गएका थिएनन् । रिक्त रहेको शिक्षक पदपूर्ति गर्न चासो नदिएको भन्दै उनको आलोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल   

  काठमाडौँ, २ भदौः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने

SITENAME

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल   

  काठमाडौँ, २ भदौः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने

SITENAME

   बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन   

        वीरगञ्ज (पर्सा), २७ साउनः अत्यधिक गर्मी बढेपछि वीरगञ्जका विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन हुने भएको छ ।    

↑