वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

पाल्पा, ८ असोजः गए रातिदेखिको अविरल वर्षासँगै पहिरो खस्दा पाल्पाका राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र तथा माथागढी गाउँपालिका–१ चिदीपानी आर्यभञ्ज्याङ–रामपुरखण्डमा यातायात प्रभावित भएको छ ।
सोही राजमार्गको सिद्धबाबा क्षेत्रस्थित ड्याम साइडमा निरन्तर पहिरो झरिरहेको छ ।
प्रहरी चौकी दोभानका अनुसार माथागढी गाउँपालिका–१, चिदीपानीस्थित आयुर्वेद औषधालय नजिक गुडिरहेको ट्रकमाथि पहिरो खसेको छ । पहिरोले ट्रकमा सामन्य क्षति भएको छ ।
पहिरो पन्छाउन दुई वटा डोजर परिचालन भएका छन् । लगातारको वर्षाले पाल्पाका केही स्थानमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । तिनाउलगायत जिल्लाका नदी तथा खोलामा पानीको सतह बढेको छ । भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन स्थाननीय प्रशासनले आग्रह गरेको छ ।

युगज्योति माध्यमिक विद्यालयले मन्टेस्वरीमा अध्ययनरत विद्यार्थीका अभिभावकसंग अन्तरत्रिफ्या
युगज्योति माध्यमिक विद्यालयले मन्टेस्वरीमा अध्ययनरत विद्यार्थीका अभिभावकसंग अन्तरत्रिफ्या भएको छ । मन्टेस्वरी तहमा अध्ययनरत १२९ विद्यार्थीका ८२

–आपफ्न्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा विभिन्न कार्यत्रफ्मसहित सम्पन्न ।।
आपफ्न्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा विभिन्न कार्यत्रफ्मसहित सम्पन्न भएको छ । चारवटै सेवा केन्द्रमा इकाइगत

पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता
पाल्पा, ९ असोजः अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिराले घर





प्रतिकृया दिनुहोस