देवदह ५ मा 'निकाससहितको विकास': खैरेनी बजार उत्तरतर्फ सडक, नाला र फुटपाथ निर्माण सुरु

SITENAME

असोज ३ । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ स्थित खैरेनी बजारको उत्तर तर्फ ढल निकास सहितको नमुना सडक विकास योजनाको काम तीव्र गतिमा अगाडि बढेको छ। लामो समयदेखि व्यवस्थित ढल र सडकको पर्खाइमा रहेका स्थानीय बासिन्दाका लागि यो योजना सुरु भएसँगै खुसीयाली छाएको छ।यस विकास योजना अन्तर्गत सडक नाला (ड्रेन), पैदलयात्री मैत्री फुटपाथ र उच्च स्तरीय कालोपत्रे (पिच) गर्ने कार्यको सुरुवात गरिएको हो। 'निकास सहितको विकास' भन्ने मूल नारा र मर्मलाई आत्मसाथ गर्दै वर्षायाममा हुने डुबानको समस्यालाई सदाका लागि अन्त्य गर्ने गरी नाला निर्माणलाई प्राथमिकता दिइएको छ। विकास निर्माणको कामलाई गुणस्तरीय र समयमै सम्पन्न गराउन स्थानीय जनप्रतिनिधि र उपभोक्ता समिति निकै सक्रिय देखिएका छन्। शनिबार सार्वजनिक बिदाको दिन समेत देवदह वडा नम्बर ५ का वडा अध्यक्ष गणेश डुम्रे, स्थानीय टोल विकास संस्थाकी अध्यक्ष शान्ता जैसी र स्थानीय बासिन्दाहरू दिनभर कार्यस्थलमै खटिएका थिए। उनीहरूले मजदुरहरूलाई हौसला प्रदान गर्दै निर्माण कार्यमा आइपर्ने प्राविधिक तथा व्यावहारिक व्यावहारिक समस्याहरूलाई तत्कालै समाधान गरी काममा सहजीकरण गरिरहेका छन्।स्थानीयमा उत्साहवडा अध्यक्ष गणेश डुम्रेले खैरेनी बजार उत्तर तर्फको यो सडक खण्डलाई आधुनिक र नमुना सडकको रूपमा विकास गर्न लागिएको बताउनुभयो। स्थानीय बासिन्दाहरूको प्रत्यक्ष सहभागिता र निगरानीले गर्दा काम चुस्त र पारदर्शी हुने विश्वास टोल विकास संस्थाकी अध्यक्ष शान्ता जैसीले व्यक्त गर्नुभयो। सडक र नाला बनेपछि खैरेनी बजार क्षेत्रको स्वरूप बदलिने र आवतजावतमा ठुलो सहजता थपिने भन्दै स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस
SITENAME

युगज्योति माध्यमिक विद्यालयले मन्टेस्वरीमा अध्ययनरत विद्यार्थीका अभिभावकसंग अन्तरत्रिफ्या

युगज्योति माध्यमिक विद्यालयले मन्टेस्वरीमा अध्ययनरत विद्यार्थीका अभिभावकसंग अन्तरत्रिफ्या भएको छ । मन्टेस्वरी तहमा अध्ययनरत १२९ विद्यार्थीका ८२

SITENAME

–आपफ्न्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा विभिन्न कार्यत्रफ्मसहित सम्पन्न ।।

    आपफ्न्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा विभिन्न कार्यत्रफ्मसहित सम्पन्न भएको छ । चारवटै सेवा केन्द्रमा इकाइगत

SITENAME

  पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता   

           पाल्पा, ९ असोजः अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिराले घर

↑