अनुराग साहित्य समाज नेपालको आयोजनामा कविता कन्सर्ट हुने

अनुराग साहित्य समाज नेपालको आयोजनामा कविता कन्सर्ट, स्रष्टा समान तथा चौथो अधिवेशन हुने भएको छ । यही चैत्र १५ गते नवराज पराजुलीको कविता कन्सर्ट तथा सम्मान संगै समाजको चौथो अधिवेशन हुने देवदहमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष यमलाल अर्यालले समाजले नरेन्द्र अक्षयकोषबाट हरेक बर्ष साहित्यकारलाई सम्मान गर्दै आईरहेको र यस बर्ष पनि दुईजना साहित्यकारलाई सम्मान गर्ने जानकारी दिनु भयो । अध्यक्ष अर्यालका अनुसार २०७९ बाट साहित्यकार सरस्वती तिमिल्सेना र २०८० बाट साहित्यकार बनमाली निराकारलाई नगद सहित सम्मान गरिने जानकारी दिनु भयो । कविता कन्सर्ट, स्रष्टा समान तथा चौथो अधिवेशनमा करिव ३ सय साहित्यमा रुची राख्नेहरुको सहभागिता रहने समाजका संस्थापाक अध्यक्ष निर्मल ढुंगानाले जानकारी दिनु भयो । कविता कन्सर्ट, स्रष्टा समान तथा चौथो अधिवेशनमा करिव एक लाख ८० हजार खर्च हुने अनुमान गरिएको अध्यक्ष अर्यालले जानकारी दिनु भयो । देवदह नगरपालिकाले एक लाख ५० हजार सहयोग गरेको र अन्य समाजले नै व्यहोर्ने अर्यालले जानकारी दिनु भयो । कार्यक्रममा साहित्यकार नवराज पराजुलीले ६ वटा कविता वाचन गर्नुहुने बरिष्ठ उपाध्यक्ष सरस्वती वस्यालले जानकारी दिनु भयो । अनुराग साहित्य समाज नेपालका अध्यक्ष यमलाल अर्यालको अध्यक्षता, संस्थापक अध्यक्ष निर्मल ढुंगानाको प्रमुख आतिथ्यता र सचिव शिवप्रसाद काप्mलेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

साँझपख झनै चम्कन्छ भानुचोक
चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने

दिवंगत अभिनेता सुनील थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ मा प्रदर्शन हुने
काठमाडौं । दिवंगत अभिनेता सुनील थापा अभिनीत फिल्म ‘हिमालयन गोल्ड’ आगामी मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले

देवदह महोत्सवमा पञ्चेवाजा प्रतियोगिता सम्पन्न साथै सिङगिङ्ग आईडल अन्तर्गत टप ५ छनौट
रूपन्देहीको देवदहमा सञ्चालन भईरहेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा पञ्चेवाजा प्रतियोगिता सम्पन्न भएको छ ।





प्रतिकृया दिनुहोस