देवदह महोत्सवमा पञ्चेवाजा प्रतियोगिता सम्पन्न साथै सिङगिङ्ग आईडल अन्तर्गत टप ५ छनौट

रूपन्देहीको देवदहमा सञ्चालन भईरहेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा पञ्चेवाजा प्रतियोगिता सम्पन्न भएको छ । लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ पञ्चेवाजा प्रतियोगिताको आयोजना गरेको सांस्कृतिक उपसमितिका संयोजक पिताम्वर खरेलले जानकारी दिनु भयो । प्रतियोगितामा देवदह क्षेत्रका ५ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा नव दुर्गा मगर पञ्चेवाजा समुह प्रथम, चरेङ्गे नौमति पञ्चे वाजा समुह द्धितिय भएको छ । प्रतियोगितामा विजेता बनेको नव दुर्गा मगर पञ्चेवाजा समुहले नगद १५ हजार र उपविजेता बनेको चरेङ्गे नौमति पञ्चे वाजा समुहले नगद १० हजार प्राप्त गरेको रमेश पोखरेलले जानकारी दिनु भयो । यसैगरी सिङगिङ्ग आईडल अन्तर्गत टप ५ सम्म भएको छ । प्रतियोगितामा ६ जनाले आफनो प्रस्तुती दिएकोमा एक जना बाहिरिएको छ । टप ५ बाट मनिषा विश्वकर्मा बाहिरिएको हो । प्रतियोगिता अन्तर्गत नरेश सुनार, प्रिन्स कडेल, कृति पौडेल, आकिस काम्मु र आदित्य परियार टप ५ मा छनोट भएको छ । डान्सिङ र सिङगिङ्ग आईडलमा प्रथम हुनेले नगद ३० हजार, द्धितिय हुनेले नगद २० हजार र तृतिय हुनेले नगद १० हजार प्राप्त गर्ने संयोजक खरेलले जानकारी दिनु भयो । यसैगरी महोत्सवमा दर्शकहरुको घुईचो दिन प्रति दिन बढ्दै गईरहेको छ । प्रत्येक दिन हजारौ दर्शकले महोत्सवको अवलोकन गर्ने गरेको मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गले जानकारी दिनु भयो । महोत्सवमा स्थानीय उत्पादनलाई विशेष छुट सहित प्राथमिकता दिएको उहाले बताउनु भयो । देवदह व्यापार सघको आयोजनामा माघ १० देखि शुरु भएको महोत्सवमा लुम्बिनीको प्राचिन मायादेवी ग्राम सहितको मोडल,पाकडी वृक्ष आकृति, फोटो प्रदशनी, विज्ञान प्रर्दशनी, ऐतिहासिक माथागढी,गुरुङ र मगर समुदायको ऐतिहासिक घर,सेल्फी जोन,लगायतका आकर्षक रहेको महासचिव हरिलाल भण्डारीले जानकारी दिनुभयो । कृषि, शैक्षिक, धार्मिक,पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देवदहमा रहेका ऐतिहासिक स्थलहरू भवानीपुर, रोहिणी नदी, देवदह दह,कन्यामाई,वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्य संगै देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने संयोजक गुरुङ्गले जानकारी दिनुभयो । महोत्सवको ६ लाख दर्शकले मेलाको अवलोकन गर्ने र करिव दश करोड बराबरको आर्थिक कारोबार गर्ने आयोजकले लक्ष्य लिइएको छ । यसैगरी महोत्सवको लुम्विनी प्रदेशका पुर्वमुख्यमन्त्री लिला गिरीले अवलोकन गर्नु भएको छ । महोत्सव अवलोकन गर्न लुम्विनी प्रदेशका पुर्वमुख्यमन्त्री लिला गिरी संगै पुर्व प्रदेश सभा सदस्य दधिराम न्यौपाने, पुर्व जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरे, नगर प्रमुख धु्रवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग लगायतले महोत्सवको अवलोकन गर्नु भएको संयोजक कोषबहादुर गुरुङ्गले जानकारी दिनु भयो ।

साँझपख झनै चम्कन्छ भानुचोक
चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने

दिवंगत अभिनेता सुनील थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ मा प्रदर्शन हुने
काठमाडौं । दिवंगत अभिनेता सुनील थापा अभिनीत फिल्म ‘हिमालयन गोल्ड’ आगामी मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले

अनुराग साहित्य समाज नेपालको आयोजनामा कविता कन्सर्ट हुने
अनुराग साहित्य समाज नेपालको आयोजनामा कविता कन्सर्ट, स्रष्टा समान तथा चौथो अधिवेशन हुने भएको छ । यही चैत्र १५ गते नवराज पराजुलीको कविता कन्सर्ट तथा





प्रतिकृया दिनुहोस