महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न : न्यू नमुना इङलिस बोर्डिङ स्कुल प्रथम

नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । देवदह क्षेत्रका विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा न्यू नमुना इङलिस बोर्डिङ स्कुल प्रथम भएको छ । देवदह क्षेत्रमा रहेका १५ वटा विद्यालय सहभागी लोक नृत्य प्रतियोगितामा न्यू नमुना बोर्डिङ स्कुलभलुहीले प्रथम स्थान हासिल गरेको हो । त्यस्तै प्रतियोगितामा देवदह बोर्डिङ स्कुल देवदह–७ द्वितीय र देवदह बुद्ध पब्लिक आवासीय माविले तृतीय स्थान हासिल गरेका छन । प्रतियोगितामा प्रथम हुन सफल भएकोे न्यू नमुना इङलिस बोर्डिङ स्कुलले नगद १५ हजार र प्रमाणपत्र, द्वितीय भएको देवदह इङलिस बोर्डिङ स्कुलले नगद १० हजार, प्रमाणपत्र, तृतीय हुन सफल भएको देवदह बुद्ध पब्लिक आवासीय माविले नगद ५ हजार, प्रमाणपत्र प्राप्त गरेको संयोजक रमेश पोखरेलले जानकारी दिनु भयो । प्रतियोगिताको निर्णायकको भूमिकामा सन्दीप राना र सुन्दर गुरुङ रहनु भएको थियो । यसैगरी महोत्सव अन्र्तगत मम्मी डान्सिङ्ग आईडल सम्पन्न भएको छ । देवदह क्षेत्रका ९ जनाको सहभागिता रहेको मम्मी डान्सिङ्ग आईडलमा आशा अधिकारी प्रथम, बुनु बुढामगर द्धितिय र ओममाया भण्डारीले तृतिय स्थान हासिल गरेको छ । प्रतियोगितामा विजेताले नगद ७ हजार, द्धितिय हुनेले नगद ५ हजार र तृतिय हुनेले नगद ३ हजार प्राप्त गरेको संयोजक अञ्जु श्रेष्ठले जानकारी दिनु भयो ।

साँझपख झनै चम्कन्छ भानुचोक
चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने

दिवंगत अभिनेता सुनील थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ मा प्रदर्शन हुने
काठमाडौं । दिवंगत अभिनेता सुनील थापा अभिनीत फिल्म ‘हिमालयन गोल्ड’ आगामी मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले

अनुराग साहित्य समाज नेपालको आयोजनामा कविता कन्सर्ट हुने
अनुराग साहित्य समाज नेपालको आयोजनामा कविता कन्सर्ट, स्रष्टा समान तथा चौथो अधिवेशन हुने भएको छ । यही चैत्र १५ गते नवराज पराजुलीको कविता कन्सर्ट तथा





प्रतिकृया दिनुहोस