महोत्सव अन्तर्गत सिङ्गगिङ्ग आईडलमा ९ जना छनोट

देवदहमा संचालित ९ औं राष्ट्यि देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत भएको सिङ्गगिङ्ग आईडलमा ९ जना छनोट भएको छ । प्रतियोगितामा १० जनाको प्रस्तुती रहेकोमा एक जना वाहिरीएको सांस्कृतिक उपसमितिका संयोजक पिताम्वर खरेलले जानकारी दिनु भयो । चौथो राउण्डको लागि ९ जना छनोट भएको र एक जान तेश्रो राउण्डबाट बाहिरीएको संयोजक खरेलले जानकारी दिनु भयो । प्रतियोगिता अन्तर्गत तेश्रो राउण्डबाट सदिक्षा सुनार बाहिरीएको खरेलले जानकारी दिनु भयो । महोत्सवको सातौ दिन सम्म करिव ४० हजार दर्शकले अवलोकन गरेको मूल आयोजक समितिका संयोजक कोषबहादुहर गुरुगले जानकारी दिनु भयो । महोत्सवमा दिद प्रति दिन दर्शकहरु बढ्दै गएको संयोजक गुरुगले जानकारी दिनु भयो । महोत्सवको एक लाखले दर्शकले अवलोकन गर्ने र करिव १० करोडको आर्थिक कारोवार हुने आयोजकले अपेक्षा लिएको छ । महोत्समा लुम्बिनीको प्राचिन मायादेवी ग्राम सहितको मोडल, पाकडी वृक्ष आकृति, फोटो प्रदशनी, विज्ञान प्रर्दशनी, ऐतिहासिक माथागढी, गुरुङ र मगर समुदायको ऐतिहासिक घर, सेल्फी जोन, लगायतका आकर्षक रहने महासचिव हरिलाल भण्डारीले जानकारी दिनु भयो । कृषि, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देवदहमा रहेका ऐतिहासिक स्थलहरू भवानीपुर, रोहिणी नदी, देवदह दह, कन्यामाई, वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्य संगै देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने संयोजक गुरुङ्गले जानकारी दिनु भयो । महोत्सव अन्र्तगत माघ १७ गते राष्ट्यि कलाकार संगै स्थानीय कलाकारको समेत बेजोड प्रस्तुती रहने सांस्कृतिक संयोजक खरेलले जानकारी दिनु भयो । माघ १७ गते चर्चित रोईला गायक श्रीष देवकोटा, भोजपुरी गायक श्रीराम थारु, लोक गायक खेम थापा, गायिका सिता राना एवं हास्यकलाकार पुर्खे वा को प्रस्तुती रहने छ ।

साँझपख झनै चम्कन्छ भानुचोक
चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने

दिवंगत अभिनेता सुनील थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ मा प्रदर्शन हुने
काठमाडौं । दिवंगत अभिनेता सुनील थापा अभिनीत फिल्म ‘हिमालयन गोल्ड’ आगामी मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले

अनुराग साहित्य समाज नेपालको आयोजनामा कविता कन्सर्ट हुने
अनुराग साहित्य समाज नेपालको आयोजनामा कविता कन्सर्ट, स्रष्टा समान तथा चौथो अधिवेशन हुने भएको छ । यही चैत्र १५ गते नवराज पराजुलीको कविता कन्सर्ट तथा





प्रतिकृया दिनुहोस