झरीको बाबजुद बुटवलमा नेवार समुदायले गाईजात्रा मनाए ।

रेडियो देवदह, भाद्र ४ । निरन्तर झरीका बीच बुटवलका नेवार समुदायले गाईजात्रा मनाएका छन् । बुटवलका विभिन्न ठाउँबाट निस्किएको गाईजात्रा पारी बुटवलको गणेश मन्दीमा पुगेर विसर्जन गरिएको थियो ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरमा मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य रहेको छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिए अनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोका स्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदा देखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिएको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृति प्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाईन्छ ।

साँझपख झनै चम्कन्छ भानुचोक
चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने

दिवंगत अभिनेता सुनील थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ मा प्रदर्शन हुने
काठमाडौं । दिवंगत अभिनेता सुनील थापा अभिनीत फिल्म ‘हिमालयन गोल्ड’ आगामी मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले

अनुराग साहित्य समाज नेपालको आयोजनामा कविता कन्सर्ट हुने
अनुराग साहित्य समाज नेपालको आयोजनामा कविता कन्सर्ट, स्रष्टा समान तथा चौथो अधिवेशन हुने भएको छ । यही चैत्र १५ गते नवराज पराजुलीको कविता कन्सर्ट तथा





प्रतिकृया दिनुहोस