प्रविधिको विकाससँगै गन्धर्वहरूको पेशा सङ्कट

SITENAME

रेडियो देवदह, भदौ १ । प्रविधिको विकाससंगै गन्धर्वहरूको  पेशा सङ्कट परेको छ । गन्धर्वहरूले गाउँ घरदेखि देश विदेशमा घटेका घटनाहरूलाई गीतको माध्यमबाट सबैलाई सुनाउने गर्दथे । गन्धर्वहरूको सारङ्गी बजाएर जीविका निर्वाह गर्ने पुर्खौली पेशा थियो । नयाँनयाँ प्रविधिको विकासका कारण नयाँ पुस्ताका गन्धर्वमा सारङ्गी प्रतिको आकर्षण नै घटेको छ ।

प्रविधिको विकासका कारण आधुनिक गीत सङ्गीत प्रतिको मोह बढेपछि सारङ्गीका धुन नै लोप हुने अवस्था पुगेको छ । घरदैलो, सडक र सार्वजनिक समारोहमा सारङ्गी बजाई गीत गाएर जीविका चलाउँदै आएका कपिलवस्तु लक्ष्मणघाटका गन्धर्व समुदायलाई अहिले जीविका चलाउनै मुस्किल पर्न थालेको छ ।

 

सारङ्गी बजाएरै जीवन धान्ने उनीहरु अहिले पेसाको विकल्प खोजीमा रहेका छन् । गन्धर्वका नयाँ पुस्ता आफैले पनि सारङ्गी बजाउने पेसालाई सम्मानित रुपमा नहेर्ने र उनीहरुमा सारङ्गी धुनको ज्ञान अभावले पेसा सङ्कटमा परेको हो । समाजमा आधुनिक तथा पश्चिमा गीत सङ्गीतको प्रभावले पनि यो मौलिक संस्कृतिलाई समस्यामा परेको बताउँछन् जानकारहरू ।

प्रतिकृया दिनुहोस
SITENAME

साँझपख झनै चम्कन्छ भानुचोक

  चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने

SITENAME

दिवंगत अभिनेता सुनील थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ मा प्रदर्शन हुने

काठमाडौं । दिवंगत अभिनेता सुनील थापा अभिनीत फिल्म ‘हिमालयन गोल्ड’ आगामी मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले

SITENAME

अनुराग साहित्य समाज नेपालको आयोजनामा कविता कन्सर्ट हुने

अनुराग साहित्य समाज नेपालको आयोजनामा कविता कन्सर्ट, स्रष्टा समान तथा चौथो अधिवेशन हुने भएको छ । यही चैत्र १५ गते नवराज पराजुलीको कविता कन्सर्ट तथा

↑