फोनिज रुपन्देहीले २५औँ स्थापना दिवसको अवसरमा पत्रकार मिलन गाहा पुरस्कृत

SITENAME

रेडियो देवदह, साउन २७ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले प्रदान गर्दै आईरहेको देवपाटा स्मृति पत्रकारिता पुरस्कारबाट मिलन गाहा पुरस्कृत हुनु भएको छ ।

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले हरेक बर्ष आफनो स्थापना दिवसको अवसरमा जनजातिको विषयमा कलम चलाउँदै आएका एक जना जनजाति पत्रकारलाई देवपाटा स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गर्दै आईरहेको । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा बुटवलमा आयोजना गरिएको कार्यक्रममा पत्रकार रानालाई ११ हजार १११ रुपैया सहित बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सम्मान गर्नु भएको हो ।

 

फोनिजले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका संस्थापक अध्यक्ष देव पाटाको नाममा पत्रकारिता पुरस्कार स्थापना गरेको हो । सम्मानित हुनु भएका पत्रकार राना नेपाल पत्रकार संघका केन्द्रिय सचिव, फोनिज लुम्बिनी प्रदेशका इन्चार्ज साथै समावेशी एफएमका स्टेसन म्यानेजर हुनु हुन्छ ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगर प्रमुख खेलराज पोण्डेले बुटवललाई मिडिया सिटीको रुपमा विकास गर्ने गरी अगाडि बढेको बताउनु भयो । उहाले भाषा, संस्कार, संस्कृतिको संरक्षणमा राज्यले लगानी गर्नु पर्ने बताउँदै बुटवल उपमहानगरले बुटवल क्षेत्रमा रहेका जातीय, भाषिक र सांस्कृति संरक्षणको लागि काम गरेको बताउनु भयो । उहाले बुटवल उपमहानगरले यस बर्ष ३ वटा जातीको भाषा किताव प्रकाश गरेको बताउँदै वाकी रहेकाको आगामी बर्ष प्रकाशन गर्ने बताउनु भयो । उहाले कानुनी प्रक्रिया पुरा नगरेर गर्ने हरेक काममा समस्या आउने बताउदै बुटवल नगरपालिकाले मिडियामा गरेको लगानी गर्दा विरोध भएको बताउनु भयो । उहाले दरबन्दी भन्दा बढि स्वास्थ्यकर्मी रहेको उनीहरूको तलब दिदा बेरुजु आएको बताउनु भयो । उहाले बुटवललाई उज्यालो शहरको रुपमा विकास गर्ने गरी नगरपालिका अगाडि बढेको बताउदै सडक बत्तीको साढे ११ करोड तिर्न वाकी रहदा अहिले टोलको बत्तीमा समस्या आएको बताउनु भयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका अध्यक्ष सनु थापाको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका केन्द्रिय उपाध्यक्ष सरु राना, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, फोनिज रुपन्देही प्रदेश इन्चार्ज मिलन गाहा, प्रेस चौतारीका लक्षमण पौडेल, प्रेस युनियनका कविन्द्र नेपाल, प्रेस सेन्टरका विष्णु पोखरेल, दलित पत्रकार संघका टंक सुनार, प्रगतिशिल पत्रकार मञ्चका विरेन्द्र कुवर, नेपाल मगर संघका प्रेम थापा, छन्त्याल संघका गोरख छन्त्याल, ईन्द्र राई, संम्भु मोक्तान, लिलमाया राना लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

सोही अवसरमा फोनिज रुपन्देहीले प्रकाशन गरेको फोनिज स्मारिकाको समेत विमोचन गरिएको छ । फोनिज रुपन्देहीका कोषाध्यक्ष मिन रानाको स्वागत र सचिव राज चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  

प्रतिकृया दिनुहोस
SITENAME

१०ओैँ अधिवेशन र प्रलेस, अङ्क-५ काे सार्वजनिकीकरण

बुटवल । प्रगतिशील लेखक संघ (प्रलेस), रूपन्देहीको दशौं अधिवेशनमा प्रलेस,रूपन्देही अङ्क-५ सार्वजनिकीकरण गरियाे।   २२० पृष्टमा ५६ वटा विभिन्न

SITENAME

दीप बाेर्डिङमा, प्रलेस रूपन्देहीको कविता लेखन एवम् वाचन कार्यशाला सम्पन्न

रेडियो देवदह  भदौ १ । प्रलेस रूपन्देहीले बुटवलस्थित दीप बोर्डिङ हाइस्कुलमा शनिबार अङ्ग्रेजी,संस्कृत र नेपाली लाेकछन्दमा कविता लेखन एवम् वाचन

SITENAME

दीप बाेर्डिङमा, प्रलेस रूपन्देहीको कविता लेखन एवम् वाचन कार्यशाला सम्पन्न

रेडियो देवदह  भदौ १ । प्रलेस रूपन्देहीले बुटवलस्थित दीप बोर्डिङ हाइस्कुलमा शनिबार अङ्ग्रेजी,संस्कृत र नेपाली लाेकछन्दमा कविता लेखन एवम् वाचन

↑