दीप बाेर्डिङमा, प्रलेस रूपन्देहीको कविता लेखन एवम् वाचन कार्यशाला सम्पन्न

SITENAME

रेडियो देवदह 

भदौ १ । प्रलेस रूपन्देहीले बुटवलस्थित दीप बोर्डिङ हाइस्कुलमा शनिबार अङ्ग्रेजी,संस्कृत र नेपाली लाेकछन्दमा कविता लेखन एवम् वाचन कार्यशाला सम्पन्न गरेको छ ।

 

प्रगतिशील लेखक सङ्घ रूपन्देहीद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि चाैरासी वर्षीय वरिष्ठ साहित्यकार रामचन्द्र भट्टराईले जनआन्दोलन र सङ्घर्षका कारण देशको शासन सत्तामा परिवर्तन आए पनि नेतृत्वका प्रवृत्तिमा परिवर्तन नआएकाले देश समृद्ध तुल्याउन विद्यार्थी वर्ग सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।

 

 

कवि भट्टराईले काला सर्प मारिएको तर हरिया सर्पहरूसँग जोगिन नसकिएको साथै माटो नै देशप्रेमीका निम्ति सर्वस्व हो भन्ने भावका आफ्ना दुई कवितांश प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका सभाध्यक्षसमेत रहेका विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आफ्ना विद्यार्थीलाई साहित्यमा रुचि जगाउन र विभिन्न साहित्यिक सृजना गराउन उनीहरू नै सक्षम बनुन् भन्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

 

प्रमुख प्रशिक्षक अङ्ग्रेजी साहित्यका प्रकाण्ड विद्वान्, अन्तर्राष्ट्रिय छन्द दिवसका अभियन्ता तथा प्रगतिशील लेखक सङ्घ, रूपन्देहीका अध्यक्ष साहित्यकार कविराज पौडेल र सहायक प्रशिक्षक वरिष्ठ छन्दकवि यज्ञलाल सुवेदीले अङ्ग्रेजी भाषाका छन्द, संस्कृत छन्द र नेपाली लोकछन्दमा कविता लेख्ने तरिकाका बारेमा श्रव्यदृश्य सामग्रीमार्फत प्रस्तुति गर्नुभएको थियो ।

 

 

दीप बोर्डिङका कक्षा दुईदेखि दशसम्मका सयभन्दा बढी विद्यार्थी सहभागी भएको कार्यक्रममा केही बालप्रतिभाले सिकाइएकै छन्द र शैली पछ्याउँदै तत्काल आफ्ना मौलिक कविता लेखेर सुनाउँदा अन्य सहभागी छक्क परेका थिए ।

 

 

 

विद्यालयका उपप्राचार्यद्वय कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्यका साथै प्रलेस रूपन्देहीका सदस्य एवम् सञ्चारकर्मी दीपक न्यौपाने, कलाकार पूर्णबहादुर पौडेल, विद्यालयका शिक्षकहरू कृष्ण भुसाल, विपिन ढकाल, अमृत गैरे, लक्ष्मी ज्ञवाली, शर्मिला ज्ञवाली, सरला गाहा, विमला पन्थी लगायतको सहभागिता रहेकोस कार्यक्रमको सञ्चालन साहित्यकार तथा विद्यालयका शिक्षक छवि ज्ञवालीले गरेका थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

१०ओैँ अधिवेशन र प्रलेस, अङ्क-५ काे सार्वजनिकीकरण

बुटवल । प्रगतिशील लेखक संघ (प्रलेस), रूपन्देहीको दशौं अधिवेशनमा प्रलेस,रूपन्देही अङ्क-५ सार्वजनिकीकरण गरियाे।   २२० पृष्टमा ५६ वटा विभिन्न

SITENAME

दीप बाेर्डिङमा, प्रलेस रूपन्देहीको कविता लेखन एवम् वाचन कार्यशाला सम्पन्न

रेडियो देवदह  भदौ १ । प्रलेस रूपन्देहीले बुटवलस्थित दीप बोर्डिङ हाइस्कुलमा शनिबार अङ्ग्रेजी,संस्कृत र नेपाली लाेकछन्दमा कविता लेखन एवम् वाचन

SITENAME

फोनिज रुपन्देहीले २५औँ स्थापना दिवसको अवसरमा पत्रकार मिलन गाहा पुरस्कृत

रेडियो देवदह, साउन २७ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले प्रदान गर्दै आईरहेको देवपाटा स्मृति पत्रकारिता पुरस्कारबाट मिलन गाहा

↑