कपिलवस्तुको तौलिहवामा कपिलवस्तु महाधाम सङ्गीत परिचर्चा तथा साङ्गीतिक गोष्ठी सम्पन्न

SITENAME

रेडियो देवदह, साउन १९ ।

अवधि भाषा, संस्कृती, कला, साहित्यकै विकास हम्मन सब कै साझा प्रयास भन्ने नाराका साथ कपिलवस्तुको तौलिहवामा कपिलवस्तु महाधाम सङ्गीत परिचर्चा तथा साङ्गितिक गोष्ठी सम्पन्न गरिएको छ ।

 

नवकपिलवस्तु साहित्यिक समाजको सहयोगमा अवधि सांस्कृतिक समाज कपिलवस्तुको आयोजनामा कपिलवस्तु नगरपालिका–३ को शारदा कुटिरमा गोष्ठी सम्पन्न गरिएको हो । सो अवसरमा वरिष्ठ साहित्यकार हरिराज शर्माले साहित्यकार श्याम प्रकाश लाल श्रीवास्तवले लेखेको कपिलवस्तु महाधाम पुस्तकको अंशको रुपमा रहेको कपिलवस्तु महाधाम गीति संङ्गितको लोकार्पण गर्नु भयो । पुस्तकको अंशमा श्रीवास्तवको रचना र स्वर रहेको गिति संङ्गितले कपिलवस्तुको तिलौराकोट, रामघाट, तौलेश्वरनाथ मन्दिर, बुद्धको जीवनी समेटेको छ । कपिलवस्तुमा धेरै धाम भएपनि प्रचार हुन नसकेकाले कपिलवस्तु जिल्लालाई महाधामको रुपमा प्रचार प्रसार गराउने उद्देश्यले आफुले कपिलवस्तु महाधाम पुस्तकको लेखन तथा गीति सङ्गीत तयार पारेको साहित्यकार श्याम प्रकाश लाल श्रीवास्तवले बताउनु भयो ।

 

कपिलवस्तु महाधामको प्रचारमा सहयोग गर्न उहाले सञ्चार क्षेत्र र साहित्यिक क्षेत्रका अग्रज सँग आग्रह गर्नु भयोे । अवधि संस्कृतिको माध्यमबाट कपिलवस्तु जिल्लालाई महाधामको रुपमा प्रचार प्रसार गराउन पुस्तक र गीति संङ्गितले सहयोग पुर्याउने बरिष्ठ साहित्यकार हरिराज शर्माले बताउनु भयो । अवधि संस्कृति प्राचीन संस्कृति रहेकाले साहित्यका माध्यमबाट कपिलवस्तुलाई अब महाधामको रुपमा प्रचार गर्न सहयोग मिल्ने साहित्यकार पशुपतिमणी त्रिपाठीले बताउनु भयो ।

 

जिल्लाको पहिचान र ऐतिहासिकताको प्रचार गर्न गीति संङ्गितले भूमिका खेल्ने अवधि सांस्कृतिक समाज कपिलवस्तुका अध्यक्ष युवराज गुप्ताको भनाई थियो । अवधि सङ्गीतमा प्रस्तुत गीति सङ्गीत जीवन्त रहने र कपिलवस्तुको संस्कृति परिचित गराउन भूमिका खेल्नेमा अर्का साहित्यकार राधबेन्द्रकुमार श्रीवास्तवले विश्वास व्यक्त गर्नु भयो । 

प्रतिकृया दिनुहोस
SITENAME

साँझपख झनै चम्कन्छ भानुचोक

  चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने

SITENAME

दिवंगत अभिनेता सुनील थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ मा प्रदर्शन हुने

काठमाडौं । दिवंगत अभिनेता सुनील थापा अभिनीत फिल्म ‘हिमालयन गोल्ड’ आगामी मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले

SITENAME

अनुराग साहित्य समाज नेपालको आयोजनामा कविता कन्सर्ट हुने

अनुराग साहित्य समाज नेपालको आयोजनामा कविता कन्सर्ट, स्रष्टा समान तथा चौथो अधिवेशन हुने भएको छ । यही चैत्र १५ गते नवराज पराजुलीको कविता कन्सर्ट तथा

↑