लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग

दसैँमा लिङ्गे पिङ हाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–२ को कार्यालयले वडाका सम्पूर्ण टोल विकास संस्थालाई लिङ्गे पिङ राख्नका लागि आर्थिक सहयोग गर्ने भएको हो । नगरपालिकाले अन्य वडालाई पनि सोही अनुसारको सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । वडाध्यक्ष प्रकाश सापकोटाले लोप हुन लागेको लिङ्गे पिङको जगेर्ना गर्ने उद्देश्यले वडाभित्रका १० वटै टोल विकास संस्थालाई आर्थिक सहयोग गर्न लागिएको बताउनुभयो । “नेपालीको महान् पर्व दसैँ, तिहार तथा छठका अवसरमा कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यस्वरुप हामीले टोल विकास संस्थामार्फत पिङ हाल्न सहयोग गर्दैछौँ,” सापकोटाले भन्नुभयो, “हामीले प्रतिटोल विकास संस्थालाई पिङ हाल्न लाग्ने अनुमानित खर्च रु पाँच हजार ५०० प्रदान गर्ने निर्णय गरेका छौँ ।” टोल विकास संस्थाले आफ्नो टोलमा लिङ्गे पिङ हालेपछि बिल, भरपाई बुझाएर वडा कार्यालयबाट भुक्तानी लिन सक्ने वडाध्यक्ष सापकोटाले बताउनुभयो । “संस्कार र संस्कृति जोगाउन सकेमा हाम्रो सभ्यता जोगिन्छ,” उहाँले भन्नुभयो, “सभ्यता जोगिए मात्र हामी नेपाली हौँ भनेर गर्व गर्न सक्छौँ, त्यसैले पिङ हाल्न आर्थिक सहयोग गर्ने निर्णय गरेका हौँ ।” पछिल्लो समय दसैँका बेलामा विभिन्न कारणले गाउँघरमा लिङ्गे पिङ हाल्ने परम्परा हराउँदै गएकाले मौलिक संस्कृतिको संरक्षणका लागि वडाले पहल गरेको सापकोटाले बताउनुभयो

आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष

बुटवल बसपार्कमा सहायता कक्ष
दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई केन्द्रित गरेर बुटवल बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यात्रुलाई सुरक्षित यात्रा

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु





प्रतिकृया दिनुहोस