वर्षाले धानबालीमा क्षति

बुधबार परेको वर्षाका कारण बाँकेमा धानबालीमा ठूलो क्षति पुगेको छ । धेरै ठाउँमा धानबाली ढलेर किसानलाई समस्या भएको छ । हावाहुरीसहितको वर्षाले पाकेको बीउ धानमा ठूलो क्षति पु¥याएको राप्ती सोनारीको साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीले बताउनुभयो । उहाँका अनुसार किसानले १५० बिगाहमा रोपेको बीउ धानमा वर्षाले क्षति पु¥याएको छ । स्यहार्ने बेला वर्षाले क्षति पु¥याएपछि आगामी वर्षको लागि धानको बीउ अभाव हुने भएको छ । बीउ धान खेतीका लागि सहकारीले किसानलाई बीउ वितरण गर्दै आएको छ । किसानले बीउ धान उत्पादन गरेर सहकारीलाई बिक्री गर्ने गरेको व्यवस्थापक वलीले बताउनुभयो । यो वर्ष पानी राम्रो परेका कारण धान राम्रो फले पनि स्यहार्ने बेला वर्षाले क्षति पु¥याएकोे उहाँको गुनासो छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले पाकेर थन्क्याउने बेलाको वर्षाले धानबालीमा ठूलोे क्षति पु¥याएको बताउनुभयो । बाँकेका विभिन्न स्थानमा धानबालीमा वर्षाले क्षति पुगेकोे जानकारी आए पनि क्षतिको एकीन विवरण सङ्कलन भइनसकेको उहाँले जानकारी दिनुभयो । बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र का सूचना अधिकारी शर्माले बताउनुभयो

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवावालिङ (स्याङ्जा), २७ असोजः स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत

बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे । आर्थिक गतिविधि बढ्थ्यो । रोजगारी विस्तार
.jpeg)
विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती
कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको





प्रतिकृया दिनुहोस