रास्वपाले सार्ने भयो केन्द्रीय कार्यालय, उपयुक्त घर खोजिदिन अनुरोध

१७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय कार्यालयका लागि जमिन/घर खोजी गर्नका लागि पार्टी सदस्य र शुभेच्छुकहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी गराएका छन् ।
उनका अनुसार, पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै शनिबारको बैठकले सो निर्णय गरेको हो ।
‘पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै पार्टीको लागि जमिन/घर किन्न काठमाडौं उपत्यकाको पायक पर्ने स्थानमा खोजी गर्न पार्टीका सदस्य तथा शुभेच्छुकहरुलाई केन्द्रीय समिति बैठकले अनुरोध गरेको छ,’ पार्टीको निर्णयमा भनिएको छ ।
अहिले रास्वपाको केन्द्रीय कार्यालय रहेको भवन वनस्थलीमा छ ।
करिब १ वर्षअघि घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका थिए ।
रास्वपाले उक्त घर देवकोटासँग भाडामा लिएको थियो ।
लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले ०८२ असोज १० गते घर छोड्न रास्वपालाई देवकोटाले जानकारी गराएका थिए ।

नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू
असोज २३ : . नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरू भएको निर्वाचन समितिका सदस्य सचिव राजु
आगामी स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)केन्द्रीय समितिको आज बसेको बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन

ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
काठमाडौँ, १७ असोजः नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश आगमनपछि पहिलो सार्वजनिक





प्रतिकृया दिनुहोस