व्यवसायी अग्रवाललाई सर्वोच्चको धरौटी आदेश उल्ट्याउँदै विशेषले पठायो थुनामा

SITENAME

१३ असोज, काठमाडौं । सर्वोच्च अदालतबाट धरौटीमा छुट्न आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले थुनामा पठाएको छ ।

बैंकिङ कसुरको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । गत ३१ भदौमा ढकाल र निरौलाको इजलासले उच्च अदालत पाटनको थुनछेक आदेश बदर गर्दै अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तर, मंगलबार विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले अग्रवाललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

सर्वोच्चले आफ्नो आदेशमा विभिन्न अभियोगमा अग्रवालको प्रत्यक्ष भूमिका नदेखिएको अनि उमेर र स्वास्थ्य अवस्थासमेतलाई आधार बनाउँदै थुनामुक्त गर्न आदेश जारी गरेको थियो ।सर्वोच्चको आदेशमा विवादित कर्जासम्बन्धी कागजातमा उनको हस्ताक्षर नरहेको तथा जग्गा खरिद र बैना रकमसम्बन्धी निर्णयमा प्रत्यक्ष संलग्नता नदेखिएको उल्लेख गरेको छ ।

 

यस्तो थियो सर्वोच्चको आदेश–

प्रतिकृया दिनुहोस
SITENAME

नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

 असोज २३ : . नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरू भएको निर्वाचन समितिका सदस्य सचिव राजु

आगामी स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)केन्द्रीय समितिको आज बसेको बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन

SITENAME

ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

  काठमाडौँ, १७ असोजः नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश आगमनपछि पहिलो सार्वजनिक

↑