गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

SITENAME

 

 २४ साउनः

जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ । आगामी भदौ १२ गतेको मेलाका निम्ति यहाँका होटल व्यवसायीले प्रतीक्षालय, शौचालय निर्माणका साथै आवास व्यवस्थापन तथा दाल, चामल, तेल, नुन तथा मसलालगायत खाद्य सामग्री ढुवानी गरिरहेका छन् । गोसाइँकुण्ड मार्ग होटल व्यवसायी सङ्घका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरीविनायक हुँदै गोसाइँकुण्डसम्मका २५ भन्दा बढी होटलले तयारी तीव्र गतिमा गरिरहेका छन् । तीर्थयात्रीलाई आवासको असुविधा नहोस् भन्ने उद्देश्यले दुई सयभन्दा बढी थर्पु (टहरा) निर्माण भइरहेका छन् । यसैबीच, लाङ्टाङ राष्ट्रिय निकुञ्जले हरेक थर्पुमा शौचालयको प्रबन्ध गर्न होटल व्यवसायीलाई अनुरोध गरेको छ । 

प्रतिकृया दिनुहोस

गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर

    रुपन्देही, १४ असोज : मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

SITENAME

  मनै लोभ्याउने सिङ्दी गाउँ 

          लमजुङ, ६ असोजः    मनै लोभ्याउने लमजुङको क्व्होलासोथार गाउँपालिका–५ सिङ्दी गाउँ । गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र

SITENAME

     रत्न मन्दिर 

       पोखरा, १० भदौः    पोखरा महानगरपालिका वडा नं ६ लेकसाईडस्थित फेवाताल किनारमा रहेको पूर्वराजपरिवारको ऐतिहासिक दरबार ‘रत्न मन्दिर’।

↑